भिटामिन डि को कमिले एन्जाइटी हुनसक्ने

  २०८० कार्तिक २ गते ११:४३     विकासन्युज

एजेन्सी । शरीरमा क्याल्सियमको कमि हुन गएमा भिटामिन डी चाहिन्छ । हड्डी तथा मांसपेशी कमजोर भएमा भिटामिन डी चाहिन्छ । डिप्रेसन तथा एन्जाइटी बढेको बेलामा पनि शरीरमा भिटामिन डी को कमि भएको देखिन्छ ।

एक भिटामिनले शरीरको हरेक क्रियाकलापलाई प्रभावित पारेको हुन्छ । मानिसहरुले उदास, दःखी, डिप्रेसन तथा एन्जाइटीको कारण बाहिरी विषयवस्तु तथा सम्बन्धलाई लिएर खोज्ने गर्छन् तर, शरीरभित्रकै रसायनमा आएको घटबढका कारण त्यो समस्या आएको हुनसक्नेमा मानिसले अनुमान गर्ने गर्दैन ।

अमेरिकन नेशनल हेल्थ एन्ड न्यूट्रिशन पत्रिकामा छापिएको एक सोधका अनुसार भिटामिन डी को कमि र एन्जाइटी तथा मानिसको मुडको सिधा सम्बन्ध रहेको उल्लेख गरेको छ । ‘वर्क योर माइन्ड फूड’ की लेखिका पोषणविद् तथा मनोचिकित्सक डा उमा नायडुले सो विषयमा गरिएको अनुसन्धानहरुले भिटामिन डी ले डिप्रेसन र एन्जाइटीको विरुद्धमा राम्रो काम गर्ने बताएकी छन् ।

भिटामिन डी ले मस्तिस्कमा न्यूरो–स्टेरोइड रसायनको रुपमा काम गर्छ र एन्जाइटीसँग लड्न मद्दत गर्छ । क्याम्ब्रिज युनिभर्सिटीको एक प्रेसमा छापिएको सोधमा जुन मानिसमा भिटामिन डी को कमि छ सो मानिसमा डिप्रेसनको खत्रा बढी रहेको औंल्याएको छ । तर, यो होइन की हरेक डिप्रेसनको उपचार भिटामिन डी सेवनद्वारा निको हुन्छ । शरीरमा भिटामिन डी को मात्रा सामान्य अवस्थामा रहेमा रोग लाग्ने सम्भावना कम रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.