स्वाबलम्बन लघुवित्तको लाभांश हालसम्मकै कम, ७० प्रतिशतसम्म बाँडेको इतिहास

  २०८० कार्तिक १ गते १५:११     विकासन्युज

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.३५९९ प्रतिशत बोनस सेयर ०.६५०५ प्रतिशत नगद गरी कूल १३.०१०४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तको हाल चुक्ता पूजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५ सय रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्ने छन् ।

लघुवित्तले घोषणा गरेको उक्त लाभांश हालसम्म कै कम हो । यसअघि लघुवित्तले ७० प्रतिशतसम्म लाभांश वितरण गरेको ईतिहास छ ।

 लघुवित्तले आर्थिक वर्ष २०६५/६६ र आर्थिक वर्ष २०६६/६७ मा समान १० प्रतिशत बोनस सेयर र ५.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०६७/६८ मा ३१.५८ प्रतिशत, आर्थिक वर्ष २०६८/६९ मा ३१.५८ प्रतिशत, आर्थिक वर्ष २०६९/७० मा २७.३७ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा ७० प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा ५२.६३ प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा ५३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ३१.५८ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ३६.८४ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा ४० प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा २० प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा २५ प्रतिशत र आर्थिक वर्ष २०७८/७९ मा २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.