बीवाईडीको नयाँ शोरुम सोल्टीमोडमा, छिट्टै अन्य स्थानमा विस्तार गर्ने

  २०८० असोज २९ गते १२:३९     विकासन्युज

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक सिमेक्स ईं. प्रा. लि.ले काठमाडौंमा बीवाईडी सिटी स्टोरको शुभारम्भ गरेको छ । बीवाईडीका विद्युतीय सवारीसाधनलाई धेरै भन्दा धेरै ग्राहकहरू माझ पुर्याउने लक्ष्यसहित कम्पनीले घटस्थापनाका दिन काठमाडौंको सोल्टीमोडमा एक समारोहबीच उक्त शोरुमको उद्घाटन गरेको हो ।

बीवाईडीको नेपालमा मात्रै १२ वटा बिक्रेताहरूको नेटवर्क छ । कम्पनीले छिट्टै अन्य स्थानमा पनि विस्तारको योजना बनाएको छ । नयाँ शोरुमको उद्घाटन भने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद विराजभक्त श्रेष्ठले गरेका थिए । उनले सोल्टीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको भन्दै टिमलाई शुभकामना प्रदान गरेका थिए ।

त्यसैगरी, साईमेक्स कम्पनीका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले यस क्षेत्रमा अग्र र उच्च गुणस्तरका विद्युतीय सवारीसाधनको प्रदर्शनी र प्रवर्द्धनमा यो शोरुमले उल्लेखनीय भूमिका खेल्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.