डिशहोम फाइबरनेटको दशैं अफर : एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा

  २०८० असोज २८ गते १५:५०     विकासन्युज

काठमाडौं । डिशहोम फाइबरनेटले ‘एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा’ अफर ल्याएको छ । कम्पनीले घटस्थापनाको दिनदेखि लागू हुने गरी १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ वर्षसम्म ईन्टरनेटको सेवा दिने उक्त अफर सार्वजनिक गरेको हो ।

यस अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसदेखि ३०० एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्ने छन् । जसमा ग्राहकले ५० एमबीपीएसदेखि २५० एमबीपीएससम्म फाईभ-जी राउटर पाउनेछन् भने ३०० एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई-६ राउटर पाउने छन् ।

कम्पनीका अनुसार यो अफर असोज २८ गते घटस्थापनादेखि कार्तिक ११ गते पूर्णिमासम्म मात्र लागू हुने छ ।

यसअघि एशियाकपमा नेपाल र भारतको खेलको खुशीयालीमा डिशहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.