टेलिकमको रिचार्ज अन बोनस योजना सार्वजनिक, ४९ रुपैयाँमा सय मिनेट कल र १ एमबीपीएस डेटा

  २०८० असोज २७ गते १६:४९     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गर्दै रिचार्ज अन बोनस योजना सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै घोषणा गरेको उक्त अफर आइतबारदेखि कात्तिक १० गतेसम्म रहनेछ । उक्त योजना अनुसार अब ४९ रुपैयाँ रिचार्जमा १ एमबीपीएस डेटा तथा १ सय मिनेट भ्वाइस कल प्राप्त गर्न सकिनेछ ।

यस्तैगरी, ९८ रुपैयाँमा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक, २९४ रुपैयाँमामा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक र ३९९ रुपैयाँमा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुनेछ ।

सोही अफर अन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुने जनाईएको छ ।

कम्पनीका अनुुसार पोस्टपेड मोबाइल प्रयोगकर्ताले सो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै शुल्क काटिने सुविधा उपलब्ध छ ।

त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध हुनेछ । जस अनुसार २०० सयदेखि ४९९ रुपैयाँसम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ ।

त्यसैगरी ५०० रुपैयाँ र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.