राहुल महरालाई थुनामा पठाउन जिल्ला अदालतको आदेश

  २०८० असोज २६ गते १९:१२     विकासन्युज

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महाराका छोरा राहुल महरालाई थुनामा पठाउन आदेश दिएको छ । इलेक्ट्रिक चुरोट (भेप) मा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन अदालतले शुक्रबार आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो ।
महरा भेपमा नौ किलो सुन लुकाएर ल्याएको प्रकरणमा मुछिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.