देशको अर्थनीति डामाडोल छ : नेता कोईराला

  २०८० असोज २६ गते १७:४०     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले काँग्रेस एकजुट भए कसैले पनि परास्त गर्न नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीतिक उपलब्धि धेरै भइसकेको बताउँदै उनले जनताको मनमा छुनसके कसैले पनि पराजित गर्न नसक्ने बताए । देशको अर्थनीति डामाडोल रहेको बताउँदै उनले नेपाली काँग्रेसलाई एकजुट पार्न आवश्यक रहेको बताए ।

‘राजनीतिक उपलब्धि त धेरै भइसक्यो, ७० वर्षपछि संविधान पायौँ, यो सबैभन्दा ठूलो उपलब्धि हो । चुनौति त धेरै छन् । हामी एकजुट भयौँ भने जतिसुकै अरु दल मिलुन्, हामीलाई परास्त गर्न सक्दैनन् । मलाई न भाषण गर्न आउँछ न केही, तर मैले जनताको मन छोएको छु । हाम्रो अर्थनीति डामाडोल छ । तर हाम्रो दृष्टि प्रष्ट हुनुपर्छ । नेपाली काँग्रेसलाई एकजुट पारौँ । एकजुट भए योजना आयोगको तर्जुमा गर्दा दीर्घकालीन योजना कुन कस्तो बनाउने ? जनतालाई छुनेगरी बनाउने हो की होइन ।’ उनले भने ।

नेता कोईरालाले एकजुट योजना तर्जुमा गर्दा दीर्घकालीन योजना बनाउनुपर्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.