एनआरएनए निर्वाचन : २४ प्रतिबद्धतासहित शर्मा प्यानलले गर्यो उम्मेदवारी घोषणा 

  २०८० असोज २६ गते १६:३०     विकासन्युज

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनका लागि राजेन्द्र कुमार (आरके) शर्मा नेतृत्वको प्यानलले  औपचारिक उम्मेदवारी घोषणा गरेको छ । शुक्रबार कार्यक्रमको आयोजना गर्दै शर्मा प्यानलले उम्मेदवारी औपचारिक घोषणा गरेको हो ।

एनआरएनएको ११औँ महाधिवेशन असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म काठमाडौंमा हुँदैछ । उक्त महाधिबेशनबाट नयाँ नेतृत्वको  चयन हुनेछ । एनआरएनए आगामी नेतृत्वको लागि उम्मेदवारहरूले प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् ।

अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्दै शर्माले विदेशमा आर्जन गरेको ज्ञान, सीप र आम्दानी स्वदेशको उद्योग तथा व्यवसायमा लगानी गर्ने बताए ।

‘एनआरएनए भए पनि माया स्वदेशको छ, यहाँको विकास र सम्बृद्धिको लागि मेरो उम्मेदवारी हो, मैले लामो समयदेखि नेपालको हितका लागि काम गर्दै आएको छु,’ उनले भने । आफूले गरेका प्रतिबद्धता २४ महिनाभित्र पूरा गर्ने बताउँदै उनले नेपाल र नेपालीको हितमा काम गर्ने धारणा राखे ।

शर्मा टिमको उपाध्यक्षमा गोविन्द प्रसाद श्रेष्ठ (रोविन्द), खगेन्द्र न्यौपाने, अभिमान सिंह बस्नेत, विजय मोक्तान, शसिकान्त पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै , युवातर्फको उपाध्यक्षमा अब्दुल वासिदले उम्मेदवारी घोषणा गरेका छन् । उपमहासचिवमा प्रवीण गुरुङ, सचिवमा आरसी पोखरेल, टंक गैरे, लोक दाहाल, मनोज कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका हुन् ।

कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगाना उम्मेदवारी  दिने भएका छन् । यस्तै, महिला संयोजक देवकी केसीको पनि उम्मेदवारी दिने तयारी रहेको छ । ११औँ महाधिवेशनमा ६९ भन्दा बढी देशका ४२ हजार सहभागी हुने बताइएको छ । कोषाध्यक्षका उम्मेदवार ठाकुर प्रसाद ढुंगानाले लामो समय विदेशी पर्यटन क्षेत्रमा संलग्न रहेको बताउँदै देशमा पर्यटन तथा आर्थिक विकास गर्न अफ्नो अहम् भूमिका रहने बताए ।

शर्मा प्यानलले २४ बुँदे बाचापत्र सार्वजनिक पनि गरेको छ । सो प्यानलले २४ महिनामा २४ काम गर्ने भन्दै बाचापत्र सार्वजनिक गरेको हो ।

बाचापत्रमा :-

-एनआरएनहरुबीचको एकता : पहिलो प्रतिबद्धता

-वैदेशिक रोजगार : दक्ष जनशत्ति सुरक्षित वातावरण, सामाजिक सुरक्षा

-हाम्रो नीति : सुधारौँ श्रमिकको आर्थिक स्थिति

-विप्रेषणको प्रयोग कहाँ उत्पादनमूलक उद्यम हुन्छ जहाँ

-एनआरएनएको निरन्तर खटन : गैरआवाशीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण गठन

-सांगठनिक पुनर्संरचना : कार्यदलबाट गहन योजना

-मानव संशाधनः सबलीकरणयुक्त कार्यसम्पादन

-संस्थागत सुशासन : शून्य सहनशील स्वअनुशासन

– एनआरएनए निर्वाचन : सबैले गर्न पाउन् मतदान

-आर्थिक कुटनीतिः लगानी प्रवर्द्धन मुख्य नीति

– गरौं उच्चतम प्रयोग सूचना प्रविधि : हुन्छ विकास र सम्बृद्धि

-नेपाली रोजौं, नेपाली खोजौं : निर्यात बढाउन जोडतोडले लागौं

-गैरआवासीय सरोकारस्  जहाँ भए पनि नागरिक र मताधिकार

-नेपाल समृद्धिको दस्ता: गैरआवासीय दोस्रो पुस्ता

-अबको समृद्धि : जगेर्ना गरौँ भाषा र संस्कृति

-एनआरएनए शक्ति : अधिकारसम्पन्न एनसीसी

-विदेशमा सिकेको ज्ञान : देश निर्माण अभियान

-देश विकासको बलः एक एनसीसी, हजार पर्यटक

– घटाऔं वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार कार्यक्रम

-अग्रजलाई सम्मानः युवा परिचालन र विज्ञबाट ज्ञान

-नेपाली धन, नेपाली श्रमः अबको उद्यम

-समावेशी अभियानः महिला सदस्यलाई प्रोत्साहन

-प्रभावकारी सञ्चार व्यवस्थापन तथा सम्बन्ध विस्तार कार्यक्रम

– योजनाबद्ध कार्यान्वयनः न्यायपूर्ण कार्यसम्पादन र मूल्यांकन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.