कर्मचारीलाई तलब र दशैं बोनस दिँदा महिनामै खर्ब बढी खर्च, कुन तहका कर्मचारीलाई कति ?

  २०८० असोज २६ गते १४:०३     समुन्द्र घिमिरे

काठमाडौं । सरकारले कर्मचारीको सेवा सुविधाका लागि मात्रै असोज महिनामा १ खर्ब बढी खर्च गरेको छ । सरकारको आम्दानी र खर्चको लेखा राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारले कर्मचारीको सेवा सुविधाका लागि असोजमा १ खर्ब १ अर्ब ६१ करोड १२ लालख ३२ हजार रुपैयाँ खर्च गरेको हो । यो हालसम्मको तथ्यांक मात्रै हो । असोज महिना सकिन अझै बाँकी रहेकोले अझै बढी खर्च हुने अनुमान कार्यालयको छ ।

महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले नयाँ भर्ना भएका कर्मचारी, निलम्बनमा परेका कर्मचारीहरुको सेवा सुविधाको तथ्यांक नआएकोले अझै खर्च बढ्न सक्ने बताए । उनका अनुसार सोमबारसम्म कर्मचारी, सांसद तथा अन्य कर्मचारीहरुका लागि असोजको तलब र दशैंको बोनस भुक्तानीको यकिन तथ्यांक आइसक्ने बताए ।

कार्यालयको तथ्यांक अनुसार भदौमा कर्मचारीको सेवा सुविधाका लागि सरकारले ६८ अर्ब २० करोड ८१ लाख २४ हजार रुपैयाँ खर्च गरेको थियो । गत भदौंको तुलनामा असोज महिनामा मात्रै ३३ अर्ब ४० करोड ३१ लाख ८ हजार रुपैयाँ बढी खर्च भएको हो । असोजमा कर्मचारीको मासिक सेवा सुविधासँगै दशैं बोनस भुक्तानी गर्दा (झन्डै तलब बराबरको भुक्तानी) बढी खर्च देखिएको हो ।

निवृत्तीभरणमा ११ अर्ब भुक्तानी

सरकारले सेवा निवृत्त भएका सरकारी कर्मचारीका लागी ११ अर्ब बढी रकम खर्च गरेको छ । निवृत्तीभरण व्यवस्थापन कार्यालयले असोज महिनाको तबल र दशैं बोनस गरी ११ अर्ब रुपैयाँ भुक्तानी गरिसकिएको जनाएको छ ।

कोषका प्रमुख विष्णुप्रसाद खरेल झन्डै ३ लाख हाराहारीका सेवा निवृत्त कर्मचारीको असोज र दशैं बोनस खातामा पठाएको जानकारी दिए । ‘घटस्थापनाको १५ दिन अगाडि नै दशैं बोनस दिनुपर्ने प्रावधान छ, सोही प्रावधान अनुसार हामीले दुई साता अघि नै रकम खातामा हालिसक्यौँ’, उनले भने ।

कर्मचारीले खाइपाइ आएको तलबलाई सेवा अवधिले गुणा गरी त्यसलाई ५० अंकले भाग गरी आउने रकम पेन्सनबापत दिने व्यवस्था गरेको छ । यसअनुसार ३० वर्ष सेवा गरेका कर्मचारीले करिब दुई तिहाइ तलब पेन्सनका रुपमा पाउँछन् ।

कुनै कर्मचारीको खाइपाइ आएको अन्तिम तलब ४० हजार छ र ३० वर्ष सेवा अवधि पूरा गरेको छ भने त्यो कर्मचारीले २४ हजार रुपैयाँ मासिक रुपमा पेन्सन पाउँछ । यस्तै, सरकारले कर्मचारीको तलब बढाउँदा पेन्सन पाउने पूर्वकर्मचारीको तलब पनि ६६ प्रतिशतले बढ्ने गरेको छ । यो बढोत्तरी भने ७ वर्षसम्म मात्र कायम रहन्छ ।

सरकारले ल्याउने बजेटको ५ प्रतिशत हिस्सा पूर्व कर्मचारीहरुका लागि वितरण गरिने पेन्सन सुविधामा खर्च हुने गरेको छ । बजेटको ५ प्रतिशत हिस्सा मात्रै सेवा निवृत भएका कर्मचारीका लागि पेन्सन वितरण हुँदा राज्यका अन्य दायित्व तथा क्रियाकलापमा प्रभाव पर्ने देखिएको निवृत्तभरण व्यवस्थापन कार्यालयले जनाएको छ ।

मासिक साढे ५ अर्ब खर्च

सेवानिवृत्त भएका निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना र शिक्षकबाट अवकास पाएका कर्मचारीलाई सरकारले प्रत्येक महिना पेन्सन दिँदै आएको छ । पछिल्लो तथ्यांक अनुसार भदौमा मात्रै साढे ५ अर्ब रुपैयाँ पेन्सनका लागि खर्च भएको कार्यालयले जनाएकोे छ । असोजको साढे ५ अर्ब र दशैं बोेनसको साढे ५ अर्ब गरी असोज महिनामा ११ अर्ब रुपैयाँ खर्च भएको कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिए ।

उनका अनुसार नयाँ भर्ना भएका कर्मचारी, निलम्बनमा परेका कर्मचारीहरुको सेवा सुविधाको तथ्यांक नआएको हुँदा खर्चको दायित्व बढी छ । उनले सोमबारसम्म कर्मचारी, सांसद तथा अन्य कर्मचारीहरुका लागि असोज महिना तथा दशैंको बोनस भुक्तानीको एकिन तथ्यांक आइसक्ने बताए ।

कार्यालयको तथ्यांक अनुसार भदौ महिनामा कर्मचारीको सेवा सुविधाका लागि सरकारले ६८ अर्ब २० करोड ८१ लाख २४ हजार रुपैयाँ खर्च गरेको थियो । गत भदौंको तुलनामा असोज महिनामा मात्रै ३३ अर्ब ४० करोड ३१ लाख ८ हजार रुपैयाँ बढी खर्च भएको हो । असोज महिनामा कर्मचारीको मासिक सेवासुविधासँगै दशैं बोनस भुक्तानी गर्दा (झन्डै तलब बराबरको भुक्तानी) असोज महिनामा धेरै खर्च भएको हो ।

कुन तहका लाई कति ?

नेपाल सरकार अन्तर्गत विभिन्न सेवामा जागिर खाने कर्मचारीहरुले वर्षको १ पटक चाडपर्व खर्च पाउने गर्छन् । यस्तो चाडपर्व खर्च नेपाल सरकारको राज्यकोषमार्फत पारिश्रमिक बुझ्ने शिक्षक, निजामती कर्मचारी, नेपाली सेना, जनपथ प्रहरी, ससस्त्र प्रहरी, जनस्वास्थ्य, विभिन्न संस्थान, बोर्ड र समिति लगायत कम्पनीहरुमा कार्यरत कर्मचारीहरुले पाउँछन् । कार्यरत कर्मचारी मात्रै नभएर जागिरबाट अवकाश भएर पेन्सन बुझ्दै आएका व्यक्तिहरुलाई पनि सरकारले चाडपर्व खर्च दिने गरेको छ ।

कर्मचारीहरुले प्राप्त गर्ने दशैंभत्ता बापत उनीहरुले बुझ्दै आएको मासिक तलब र ग्रेड अनुसार थप हुन आउने एकमुस्ट बापतको रकम प्राप्त गर्दछन् । कर्मचारीहरुले मासिक रुपमा तलब बुझ्दा सञ्चय कोष, बीमा र लगानी बोर्डमा जम्मा गर्नुपर्ने कट्टी गरेर हुन आएको रकम बुझ्छन । तर, दशैंमा प्राप्त गर्ने चाडपर्व खर्चमा भने सरकारले कर बाहेक कुनै शिर्षकमा रकम कट्टी नगरी उपलब्ध गराउने गर्दछ ।

सरकारी कर्मचारीहरुले यसरी राज्यकोषबाट वर्षको एकपटक प्राप्त गर्ने चाडपर्व खर्च उनीहरुको पदीय जिम्मेवारी अनुसार कायम भएको तलब र निर्धारण गरिएको ग्रेड अनुसार फरक-फरक हुन्छ ।

हाल मुख्य सचिवको मासिक तलब ७७ हजार २ सय ११ रुपैयाँ छ भने मुख्यसचिवको ग्रेड २ कायम गरिएको छ । मुख्य सचिवले प्रतिग्रेड २ हजार ५७३ रुपयाँ कायम गरिएको छ । अब मुख्य सचिवले दशैंमा शुरुको तलबमा उनको कायम भएको ग्रेडअनुसार हुन आउने रकम बोनसका रुपमा पाउँछन् ।

सरकारले चालु आर्थिक वर्षमा कार्यालय सहयोगी प्रथम स्तरको लागि शुरु तलब स्केल २४ हजार ७०२ रुपैयाँ कायम गरेको छ भने २ ग्रेडको व्यवस्था गरेको छ । कार्यालय सहयोगी प्रथमस्तरको प्रतिग्रेड ८२३ रुपैयाँ व्यवस्था गरेको छ । जसअनुसार अहिलेको दशैंमा कार्यालय सहयोगी प्रथम स्तरमा कार्यरत कर्मचारीले चाडपर्व खर्च स्वरुप शुरु तलब स्केल २४ हजार ७०२ मा थपिन आउने ग्रेड बराबरको रकम प्राप्त गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.