विदेशबाटै मतदाता नामावली दर्ताका लागि कार्यविधि मस्यौदामा सुझाव माग

  २०८० असोज २६ गते १३:४१     विकासन्युज

काठमाडौं। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधिको मस्यौदामा सुझाव मागेको छ ।

विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८० को मस्यौदा तयार पारिएकाे भन्दै आयोगले सुझाव मागेको हो।

उक्त मस्यौदामा सुझाव संकलनका लागि आयोगको वेवसाइटमा अपलोड गरिएको आयोगले जनाएकाे छ ।

मस्यौदामा रहेका व्यवस्थालगायत अन्य विषयहरू थप परिमार्जन वा सुधार गर्न सुझाव दिन चाहने विदेश वा स्वदेशमा रहेका नेपाली नागरिक, गैर आवासीय नेपाली संघ तथा अन्य सरोकारवालाहरूले कार्तिक मसान्तभित्र आयोगको इमेल ठेगाना ecn.namawali@election.gov.np मा राय सुझाव उपलब्ध पठाउन आयोगले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.