इजरायलबाट २५३ नेपाली लिएर फर्किंदै नेपाल एयरलाइन्स, सम्पर्कबिहीन जोशीको भने खोजी जारी

  २०८० असोज २५ गते १८:४२     विकासन्युज

काठमाडौं । युद्धग्रस्त इजरायलमा रहेका नेपालीहरु लिएर नेपाल वायुसेवाको विमान नेपाल फर्किँदै छ । बिहीबार परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले विमान आज बिहान साढे तीन बजे इजरायल गइ अपरान्ह अवतरण भएको र अहिले फर्किसकेको बताएका हुन् ।

विमानमा अहिले २५३ जना रहेको र अन्य फर्किन चाहनेहरु व्यवसायिक उडानमार्फत पनि फर्किन सक्ने बताउँदै उनले छोटो समयमा इजरायलमा रहेका नेपालीहरु फर्काउन सरकार सफल भएको दावी गरे । उनले विद्यार्थीको उद्धारका लागि मन्त्रालयबाट भए गरेका कार्यहरु हामीले नियमित रुपमा प्रेस विज्ञप्ती ट्विटर मार्फत जानकारी गराइरहेको पनि बताए ।

‘हामी छोटो समयमा उहाँहरुलाई नेपाल ल्याउने क्रममा सफल भएका छौँ । उहाँहरु आज राति नै नेपाल आउँदै हुनुहुन्छ । विद्यार्थीको उद्धारका लागि मन्त्रालयबाट भए गरेका कार्यहरु हामीले नियमित रुपमा प्रेस विज्ञप्ती ट्विटर मार्फत जानकारी गराएका छौँ, उनले भने- ‘विमान आज राति अवतरण हुन्छ । मन्त्रीज्यूले विमानस्थलमा प्रेस ब्रिफिङ गर्नुहुनेछ । अरु व्यवसायिक उडानमार्फत पनि फर्किन सक्नुहुनेछ । विपिन जोशीको खोजि कार्य जारी छ । मृतक १० जनाको शव इजरायल सरकारले हस्तान्तरण गर्न बाँकी छ । केही समय लाग्ने देखिन्छ ।’

प्रवक्ता लम्सालले इजरायलमा सम्पर्कबिहीन अवस्थामा रहेका विपिन जोशीको खोजि कार्य भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.