नेपालको दूरसञ्चार सेवा शुल्क भारतपछिकै सस्तो हो : पहाडी

  २०८० असोज २५ गते १६:३५     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) की निमित्त प्रवन्ध निर्देशक संगीता पहाडी अर्यालले दूरसञ्चार सेवा शुल्क महँगो भयो भन्ने विषय सान्र्दभिक नभएको बताएकी छिन् । सार्वजनिक लेखा समितिको बिहीवार बसेको बैठकमा नेपाल टेलिकमको विषयमा समितिलाई जानकारी दिँदै निमित प्रवन्ध निर्देशक अर्यालले यस्तो बताएकी हुन् ।

उनले नेपालमा दूरसञ्चार सेवा नेपाल टेलिकमले एशियाको दोस्रो सस्तोमा सेवा दिने संस्था पर्ने बताइन् । सबैभन्दा सस्तो भारतमा ०.१७ डलर पति जिबी छ भने नेपालमा ०.२ डलरप्रति जिबी रहेको दाबी गर्दै उनले भारतपछिको सस्तो दूरसञ्चार सेवालाई महँगो भन्ने कुरा सान्दर्भिक नभएको जिकिर गरिन् ।

उनले विश्वमा हेर्दा पनि नेपाल टेलिकमले नेपालीहरुलाई दुरसञ्चार सेवा भारतपछि सस्तोमा सेवा दिइरहेको बताइन् । २०७३ सालमा प्रति क्षमता ३७.२५ नेपाली रुपैयाँ थियो भने २०७८/८९मा आउँदा १९.६९ पैसा रहेको बताउँदै उनले चार वर्षमा ३७.२५ पैसाबाट घटेर १९.६९ रुपैयाँमा झरेको उल्लेख गरिन् । उनले २०७३ सालमा ७४ पैसा थियो भने अहिले प्रति एमबी डाटा ५ पैसामा झरेको भन्दै टेलिकमले दूरसञ्चार सेवाको लागतलाई निरन्तर रुपमा कम गर्दै आइरहेका बताइन् ।

अर्यालले नेपाल टेलिकमले सरकारलाई अहिलेसम्म कुनै पनि वक्यौता रकम तिर्न बाँकी नरहेको जानकारी गराउँदै जिएसएम मोबाइल लाइसेन्सको २०८१ बैशाखमा समाप्त हुने भन्दै यो विषयमा अहिलेसम्म कुनैपनि निर्णय नभइसकेकाले निर्णय भएपछि त्यही अनुसार वक्यौता रकम बुझाउने बताइन् । उनले दूरसञ्चार सेवा शुल्क बढाउनेभन्दा पनि निरन्तर रुपमा कम गर्दै लगेकाले पनि टेलिकमको राजश्व कम भएको बताइन् ।

टेलिकमको एडिएसएल प्रविधिमा ल्यानलाइन फोनहरु अहिले धेरै ग्राहकहरुले प्रयोग गर्ने भएकाले त्यसबाट पनि राजश्व कमी भएको उनको भनाई छ । उनले इन्टरनेट सेवा २०७३ साल अघिसम्म नेपाल टेलिकम मात्रै थियो अहिले बढेर ४० बढी पुगेको भन्दै टेलिकमलाई आउने पैसा सबैमा बाँडिदा टेलिकमको राजश्व कम भएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.