नेपाली विद्यार्थी लिन इजरायल पुग्यो जहाज, २५४ जनालाई ल्याउने

  २०८० असोज २५ गते १५:२३     विकासन्युज

काठमाडौं । इजरायलमा रहेका नेपालीलाई लिन नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्स इजरायल पुगेको छ । निगमको वाइडबढी ए ३३० जहाज केही बेर अघि इजरायलको तेलअभिभ विमानस्थलमा पुगेको हो ।

उक्त विमानस्थलमा स्वेदश फर्कनको लागि २४० जना बढी विद्याथी जम्मा भएका छन् । विमानको क्षमता अनुसार २५४ जना विद्यार्थी आज नेपाल फर्किने बुझिएको छ । बाँकी विद्यार्थीको भने अन्य उडानबाट उद्धार गरिने परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

इजरायलमा गत शनिबार बिहानदेखि प्यालेस्टाइनी विद्रोही समूह हमासले आतङ्कवादी आक्रमण गरिरहेको छ । उक्त आक्रमणमा परि हालसम्म १० जना नेपाली विद्यार्थीको मृत्यु भइसकेको छ । बाँकीलाई भने उद्धार गर्नको लागि परराष्ट्रमन्त्रालयको टोलीसहितको नेपाल एयरलाइन्स इजरायल पुगेको छ ।

उक्त विमान आजै राती नेपाल आइपुग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.