चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौथो दीक्षान्त समारोहमा पाँच सय बढी दीक्षित

  २०८० असोज १८ गते १५:५६     विकासन्युज

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चौथो दीक्षान्त समारोहमा पाँच सय बढी दीक्षित भएका छन् । बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको समारोहमा चिकित्सा शास्त्रका विभिन्न विषयमा २०७७ चैत देखि २०८० साउन सम्म स्नातक तथा स्नातकोत्तर उत्तिर्ण गरेका ५४१ जना विद्यार्थीहरु दीक्षित भएका हुन् ।

डिएम कार्डियोलोजीमा ६, डिएम ग्याष्ट्रोइाटेरेलोजीमा ६, डिएम हेपाटोलोजीमा २, डिएम मेडिकल अंकोलोजीमा २, डिएम नेफ्रोलोजीमा २, एमसीएच न्यूरोलोजीमा ५, एमसीएच प्लास्टिक एण्ड रिकन्स्ट्रक्टिभ सर्जरीमा ३, एमसीएच सर्जीकल ग्यास्ट्रोइन्टेरेलोजीमा २ र एमसीएच युरोलोजीमा ४ जना विद्यार्थी दीक्षित भएका छन् ।

त्यस्तै, एमडी एनेस्थेसियोलोजिस्ट ३१, एमडी डर्काटोलोजीमा ६, एमडीजीपी एण्ड ईएममा १२, एमडी ईन्टर्नल मेडिसिनमा ३०, एमडी अब्स्ट्रेटिक एण्ड गाईनेकोलोजीमा ३२, एमडी अप्थामोलोजीमा ४१ र एमडी पेडियाट्रिकमा २३ जना विद्यार्थी दिक्षित भएका छन्।

समारोहमा एमडी प्याथोलोजीमा ६, एमडी साईक्याट्रीमा ३, एमडी रेडियसन अन्कोलोजीमा २, एमडी रेडियोडाइग्नोसिस्मा १४, एमएस जनरल सर्जरीमा २५, एमडी अर्थोपेडिक्स एण्ड ट्रमा सर्जरीमा १९, एमएस अर्थोराइनोलर्याङ्गोलोजी एण्ड हेड एण्ड नेक सर्जरीमा ९, एमडिएस कन्स्ट्रक्टीभ डेन्टेस्ट्री एण्ड इन्डोडेन्टिसमा ३, एमडीएस ओरल एण्ड मेक्जिलोफेसियल सर्जरीमा २, एमडिएस पेरियोडेन्टोलोजीमा एण्ड ओरल इम्प्लान्टोलोजीमा २, एमडिएस पेरोस्थोडोन्टिस्मा ४ जना र एमडीएस अर्थोडोन्टिसमा १ जना विद्यार्थी दीक्षित भए ।

बीएस्सी एमआईटीमा २२ र ब्याच्लर्स अफ अप्ट्रोमेट्रि एण्ड भिन साइन्समा ३२ जना विद्यार्थी दीक्षित भएका छन् । नर्सिङ तर्फ एमएन चाइल्ड हेल्थ नर्सिङ १२, एमएन-वुमन हेल्थ डेभलपमेन्ट नर्सिङमा १७, बीएनएस क्रिटिकल केयर नर्सिङमा १३० र ब्याच्लर्स इन मिडवाइफ्री साइन्समा ३२ जना विद्यार्थीहरु दीक्षित भएका छन् ।

दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीहरुलाई प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमाणपत्र प्रदान गरेका थिए । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उपाधि हासिल गरेका विद्यार्थीहरुको सीप र क्षमता देशका जनताको हितमा प्रयोग हुनेमा विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्राध्यापक डम्बरबहादुर कार्कीले सम्बोधन गरेका थिए । कार्यक्रममा स्वास्थ्य मन्त्री सहित विभिन्न मन्त्रालयका सचिवहरुको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.