सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस हुने

  २०८० असोज १० गते ७:५३     विकासन्युज

काठमाडौं । काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा आज बुधबारदेखि थुनछेक बहस सुरु हुनेछ ।

उक्त प्रकरणमा संलग्न प्रतिवादीको मंगलबार बयान सकिएसँगै बुधबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले राससलाई जानकारी दिए ।

उनका अनुसार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएकाले भोलिदेखि थुनछेक बहस सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.