शैक्षिक परामर्शदाता विभाजित, एप्क्यानको तदर्थ समिति घोषणा

  २०८० भदौ १२ गते १८:५८     विकासन्युज

काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान)को तदर्थ समिति घोषणा भएको छ ।

स्वतन्त्र शैक्षिक परामर्शदाता संघ नेपाल (फेकोन) फुटेर गठन भएको एप्क्यानको तदर्थ समितिको घोषणा गरिएको हो ।

काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रज्जवल बस्नेतको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति घोषणा गरिएको हो ।

समितिको सदस्यहरुमा हेमन्तराज दुलाल, अर्जुनकुमार बस्नेत, अनिल शर्मा, अमित खड्का, दीपा लामिछाने, दिनेश न्यौपाने, प्रज्वल खत्री, रमेश भट्टराई, मदन उप्रेती र नरेश सेढार्इं रहेका छन् ।

तदर्थ समितिका संयोजक बस्नेतले फेकोनले मनोमानी ढंगले संस्थाको गतिविधि गरेपछि बाध्य भएर नयाँ संस्था स्थापना गर्नुपरेको बताए । उनले संस्थाको पारदर्शितामाथि प्रश्न उठाउँदा आफूहरुलाई गलत बनाइएको बताए ।

‘आज भन्दा अगाडी हामी कुनै संस्थामा आवद्ध थियौँ । त्यो संस्थामा हाम्रो माग, विधि, प्रकृया, अनुशासन मान्नुपर्छ भन्ने थियो ।

संस्था र इकाईमा फरक हुन्छ । हामी इकाई थियौँ । संस्था, संस्था थियो । संस्थाका लागि आएको अवसर समानुपातिक ढंगले वितरण भनेका थियौं’, बस्नेतले भने, ‘तर, टाठा बाठाले अवसर आफूखुशी गरिसकेका हुने रहेछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.