दशौं ‘नेपाल भर्चुअल एजु फेयर’ शुरु

  २०८० भदौ १२ गते १५:४२     विकासन्युज

काठमाडौं । नेपाल भर्चुअल एजुकेशनले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि आजबाट ‘नेपाल भर्चुअल एजु फेयरु शुरु’ गरेको छ ।

स्नातक तहका व्यवस्थापन आई टी, इन्जिनियरिङ लगायतका विभिन्न विभागका प्रोग्रामहरु संचालन गरेका कलेजहरूले भर्चुअल एजु फेयर मार्फत आफ्नो कलेजको प्रमोसन गर्ने अवसर पाएका छन् । स्नातक तहमा पढ्ने तयारी गरेका, पास भएका विद्यार्थीहरूले कुन प्रोगाम र कुन कलेज आफ्नो लागि उपयुक्त हुन्छ भनेर घरमै बसी बसी भर्चुअल टुर मार्फत जानकारी प्राप्त गर्ने अवसर प्राप्त गर्ने संस्थाले जनाएको छ ।

साथै, नेपाल एजु फेयरमा रजिस्ट्रेशन भएका विद्यार्थीहरूले विभिन्न कलेजहरूमा पूर्ण र आंशिक दुवै खालको छात्रवृत्ति समेत प्राप्त गर्न सक्ने अवसर पनि रहेको कुरा नेपाल भर्चुअल एजु फेयर संचालकका एकेडेमिक हेड राजेन्द्र प्रसाद अधिकारीले जानकारी गराए । उनका अनुसार विगतका वर्षहरूमा आर्थिक रूपमा विपन्न तर पढाइमा राम्रो गरेका जेहन्दार अनि विभिन्न क्षेत्र, जात र समुदायका सयौं विद्यार्थीहरूले एजु फेयरको सहयोगवाट छात्र वृत्ति प्राप्त गर्न सकेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.