कपिलवस्तुमा नगरपालिकाका कर्मचारीले अनुगमन भत्ता साढे ८ लाख लिए

  २०८० भदौ ८ गते १३:५९     विकासन्युज

कृष्णनगर । कपिलवस्तुको शिवराज नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले आठ लाख ५० हजार रुपैयाँ रकम अनुगमन भत्ता बुझेका छन् । नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा मात्र अनुगमन भत्ताबापत सो रकम बुझेको पाइएको छ ।
गत साउन १ गते सूचनाको हक प्रयोग गरी नगरपालिकाबाट सूचना माग गरिएको थियो । नगरपालिकाले उक्त सूचना ३८ दिनपछि मात्र उपलब्ध गराएको थियो । नगरपालिकाले दिएको सूचनामा ३६ कर्मचारी र प्रतिनिधिले सो रकम भत्ताबापत बुझेको पाइएको हो । नगरपालिकाले उपलब्ध गराएको सूचनामा सबैभन्दा बढी रकम उपप्रमुख शिवकुमारी चौधरीले ६३ हजार सात सय ५० रुपैयाँबुझेको पाइएको हो ।
नगरप्रमुख अजय थापाले ५१ हजार रुपैयाँ, प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले ५१ हजार रुपैयाँ, इन्जिनियर रामजी थापा नेपालीले ५१ हजार रुपैयाँ, लेखा अधिकृत रामचन्द्र मरासिनी ५१ हजार रुपैयाँ र खरिदार प्रेम वलीले ५१ हजार रुपैयाँ अनुगमन भत्ता बुझेको जनाइएको छ ।
यस्तै इन्जिनियर मोहन केसीले ४१ हजार छ सय ५० रुपैयाँ, लेखापाल रीता खनालले ४१ हजार छ सय ५० रुपैयाँ, ओभरसेयर सरोज भुसालले २८ हजार ५०,  शिव पराजुलीले २८ हजार ५०, ओभरसेयर वसन्त पन्थीले २६ हजार तीन सय ५० र ओभरसेयर ताराप्रसाद भण्डारीले २४ हजार छ सय ५० रुपैयाँ बुझेको नगरपालिकाले जानकारी दिएको छ ।
यसैगरी ओभरसेयर अजय कुर्मीले २४ हजार छ सय ५०, गुरुप्रसाद चौधरीले २२ हजार नौ सय ५० र अमिन रोशन नेपालीले २१ हजार दुई सय ५० रुपैयाँ बुझेका छन्र । वडाध्यक्ष खिमविक्रम केसी, रामबहादुर चौधरी, टेकलाल सापकोटा, नेत्रप्रसाद बेल्वासे र रामगोपाल चौधरीले १५ हजार तीन सयका दरले अनुगमन भत्ता बुझेकाे जनाइएको छ । वडाध्यक्ष नसिम अहमद खाँ र  माहेताब आलम खाँले १२ हजार सात सय ५० रुपैयाँका दरले भत्ता बुझेका हुन् ।
वडाध्यक्ष रिजवान अहमद खाँले १४ हजार चार सय ५० रुपैयाँ, अनुपकुमारी चौधरी र मञ्जु मिश्रले आठ हजार पाँच सय रुपैयाँका दरले भत्ता बुझको नगरपालिकाले जनाएको छ । वडाध्यक्ष रामेश्वरप्रसाद बर्माले २१ हजार दुई सय ५० अनुगमन भत्ता बुझको हो । यस्तै सूचना अधिकारी डिल्लीराज भट्टराई ३८ हजार दुई सय ५० र अधिकृत लक्ष्मी कँडेलले आठ हजार पाँच सय रुपैयाँ अनुगमन भत्ता बुझेको जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.