फेरिए संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सचिव

  २०८० भदौ ८ गते १२:१०     विकासन्युज

काठमाडौं । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको जिम्मेवारी परिवर्तन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा तानेर प्रधानमन्त्री कार्यालयमा रहेका सचिव विनोदप्रकाश सिंहलाई संघीय मन्त्रालयको जिम्मा दिएको हो ।

केही दिनअघि मात्र सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएको अनिता देवीको निर्देशनमा नै सचिवको सरुवा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.