माटोले बुढानिलकण्ठमा खोल्यो नयाँ स्टोर, संख्या ७ पुग्यो

  २०८० भदौ ७ गते १७:०८     विकासन्युज

काठमाडौं । नेपालमा विषादीरहीत कृषि उपज उत्पादन तथा बजारीकरण गरेको माटो ब्राण्डले बुढानिलकण्ठमा सातौँ स्टोर खोलेको छ । भदौ ६ गतेदेखि शुरु भएको नयाँ स्टोरसँगै माटोका स्टोरको संख्या ७ पुगेको छ ।

माटोको सातौँ स्टोर काठमाडौं बुढानिलकण्ठस्थित देउवा चोकमा शुरु गर्दै हाम्रो आत्मनिर्भरताको अभियान र नेपाली उत्पादनलाई नेपाली ग्राहकहरुको घरदैलोमा पुर्याउने नयाँ अध्यायले थप गति लिएको छ । माटोले सबै स्थानीय ग्राहकलाई ताजा जनस्वास्थ्यको दृष्टिकोणले गुणस्तरीय उत्पादनहरुको स्वाद लिन सबैमा आव्हान गरेको छ ।

नयाँ स्टोरको उद्घाटनको आवसरमा माटोले उत्कृष्ट छुट र विशेष उपहारको व्यवस्था गरेको छ । जहाँ स्थानीय किसानहरू सफल हुन्छन्, राष्ट्र बलियो हुन्छ भन्ने मान्यता अनुरुप माटोले उपभोक्ताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर मात्र नेपाली र रसायनिक मल तथा विषादी प्रयोग नगरिएका उत्पादनलाई मात्र उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।

माटोले यसअघि काठमाडौंको बानेश्वर, नक्साल, नारायणथान, गोल्फूटार तथा ललितपुरको झम्सिखेल र सानेपामा स्टोरहरु सञ्चालनमा ल्याएको हो । माटोले अनलाइन अर्डर अनुसार होम डेलिभरी गरेर पनि घरघरमा नेपाली विषादीरहीत उत्पादन आपूर्ति गरिरहेको छ ।

माटो एक स्वदेशी ब्रान्ड हो जुन नेपालीपन र आत्मनिर्भरताको भावनासँग जोडिएको छ। माटोले आत्मनिर्भरता र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । आत्मनिर्भरतातर्फ अग्रसर गराउने लक्ष्यले स्थापना गरिएको माटो नेपाली किसानका लागि सशक्तिकरणको माध्यम बन्नुका साथै प्रिमियम, जैबीक रूपमा उत्पादनको स्रोतको रूपमा विकास भएको छ ।

माटोका अध्यक्ष पवन कुमार गोल्यानले भने- ‘किसानले आफ्नो उत्पादनको उचित मूल्य पाइरहेका छैनन् भन्ने थाहा पाएपछि यो यात्रामा म लागे, किसानका भोगाई र सङ्घर्षको जीवन्त अवलोकन पछि किसान र उपभोक्ताबीच प्रत्यक्ष कारोबार स्थापना गर्न माटोको स्थापना गरिएको हो, माटोको स्थापना २०७५ सालमा किसानको उत्थान र राष्ट्रलाई उत्प्रेरित गर्ने ठोस लक्ष्यको साथ गरिएको हो ।’

मानवजीवनलाई स्वास्थ्य र तन्दुरुस्त बनाउने क्षमताको अभिवृद्धि माटोको मान्यताको केन्द्रबिन्दु हो । माटोको प्रारम्भिक प्रस्तावहरू गोल्यान एग्रो फार्मबाट अर्गानिक रूपमा उत्पादित फलफूल र तरकारीमा आधारित, विषादिरहित उत्पादनहरूको प्रवर्द्धन गर्ने ब्रान्डको रुपमा परिचित भएको थियो । माटोले वातावरणमैत्री खेती विधि प्रवर्द्धकको रूपमा जैविक खेतीलाई प्रोत्साहित गरी वषादियुक्त रसायन वा मल प्रयोग गरेर उत्पादन गर्ने विधिलाई निरुत्साहित गर्दछ भन्ने माटोको विश्वास छ ।

माटोले देशभरका स्थानीय फार्महरूबाट स्रोत गरिएका प्रत्येक उत्पादनले र प्रामाणिक स्वाद झल्काउँछ । लाङ्गटाङ्गको मुसुरो दाल, गोसाइकुण्डको स्प्रिंग वाटर, चितवनको मह, ईलामको शुद्ध गाईको घ्यु र अन्य धेरै यस्ता स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन माटोले प्रोत्साहन गरिरहेको छ । माटो ब्रान्डको अर्को उद्देश्य आयातित कृषिजन्य उपजहरुको मात्रा घटाउनु पनि हो ।

माटोका स्टोरहरुमा आशापुरी अग्र्यानिकका उत्पादनहरु पनि पाइने छ । आशापुरी विगत दुई दशकदेखि प्रागारिक उत्पादनमा छुट्टै पहिचान बनाएको ब्राण्ड हो । हाल माटो र आशापुरी दुबै कम्पनी जनता एग्रो एण्ड फरेष्ट्री प्रा.लि. मातहतमा रहेका छन् । माटो स्टोरबाट हाल १२० भन्दा बढी नेपाली कृषि उत्पादन उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.