पर्वतमा उद्योग तथा व्यवसाय खारेज बढ्यो

  २०८० साउन ३० गते १४:२२     विकासन्युज

पर्वत । पर्वतमा सञ्चालित उद्योग तथा व्यवसाय खारेज हुने क्रम बढेको छ । पर्यटन तथा उद्योग कार्यालय पर्वतका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ९२ वटा उद्योग तथा व्यवसाय खारेज भएका छन् । जबकी अघिल्लो आवमा ११ वटा उद्योग र ६० व्यवसाय गरी ७१ वटा खारेज भएका थिए ।

कार्यालयका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा दर्ता हुने उद्योग व्यवसायको सङ्ख्या पनि घटेको छ । अघिल्लो आवमा पाँच सय ४१ उद्योग तथा व्यवसाय दर्ता भएकोमा गत आवमा दुई सय ७४ वटा मात्रै उद्योग दर्ता भएका छन् ।

कार्यालयले गत आवमा उद्योग दर्ता तथा नवीकरणबाट रु २७ लाख ५० हजार दुई सय ८७ राजस्व सङ्कलन गरेको छ । जिल्लामा हाल सात हजार ९७ वटा उद्योग तथा वाणिज्य फार्म दर्ता छन् । तीमध्ये गत आवमा एक हजार एक सय ४१ नवीकरण भएको कार्यालय प्रमुख मुना अधिकारीले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.