सिटिजन लाइफको नाफामा ६६ प्रतिशत छलाङ, खुद बीमा शुल्क साढे ५ अर्ब रुपैयाँ

  २०८० साउन ३० गते ७:३५     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २० करोड ११ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ करोड १२ लाख ४६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६६ प्रतिशत नाफा बढाएको हो ।

गत असारसम्म कम्पनीको खुद बीमा शुल्क ६.७२ प्रतिशत बढेर ५ अर्ब ३५ करोड ९ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब १ करोड ४१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद दाबी भुक्तानी ३५.०८ प्रतिशत बढेर १ अर्ब ५७ करोड ९० लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १६ करोड ८९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ५० प्रतिशत बढेर २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ, जगेडा कोष २१.५० प्रतिशत बढेर १ अर्ब ९ करोड ६६ लाख रुपैयाँ र जीवन बीमा कोष ५६ प्रतिशत बढेर ९ अर्ब ४१ करोड २१ लख रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.