सानिमा रिलायन्स लाइफको नाफा ३८ प्रतिशत बढ्यो, दाबी भुक्तानीमा १०७ प्रतिशत छलाङ

  २०८० साउन ३० गते ७:१५     विकासन्युज

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २१ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३८ प्रतिशत नाफा बढाएको हो ।

गत असारसम्म कम्पनीको खुद बीमा शुल्क ४४.९५ प्रतिशत बढेर ३ अर्ब ३५ करोड रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद दाबी भुक्तानी १०७ प्रतिशत बढेर ९० करोड ८१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ८३ लाखक रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १०९.२० प्रतिशत बढेर ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ, जगेडा कोष ९१.१० प्रतिशत बढेर ७४ करोड ८९ लाख रुपैयाँ, जीवन बीमा कोष १५८ प्रतिशत बढेर ८ अर्ब ६४ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ५.२४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १२०.५२ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.