मानिसमा गम्भीर रोगको कारण बन्दै प्लाष्टिक

  २०८० साउन २९ गते १०:३७     विकासन्युज

काठमाडौं । बजारबाट घरमा तरकारी लैजान होस वा अन्य सामग्रीको लागि प्लाष्टिकको झोला प्रयोग गर्ने बानी धेरैको बनेको छ । घर बाहिर मात्रै नभएर घरभित्र वा कार्यालयमा समेत प्लाष्टिकको बोटलमा पानी राखेर पानी पिउने चलन धेरैको रहेको छ । भान्छामा बिस्कुटको प्याकेटदेखि चिनीको डब्बा सबै प्लाष्टिकले बनेका हुन्छन् । साथै स्टेशनरी, ग्याजेट, जुत्ता–चप्पल, आदि धेरैमा सायदै कुनै वस्तु होलान जसमा प्लाष्टि प्रयोग नभएको होस ।

तर, प्लाष्टिक विष बनेर हाम्रो शरीरमा घुलिरहेको विषयलाई भने हामीले बुझिरहेका छैनौं । आँखाले देख्न नसक्ने प्लाष्टिकका कणले हाम्रो मृगौला र कलेजोलाई गम्भीर असर पुर्याएर क्यान्सरको कारण बनिरहेको छ । प्लाष्टिक मानिसदेखि पृथ्वीको लागि निकै खतरनाक बनिरहेको छ ।

खाना र स्वाससँगै निलिरहेका छौं प्लाष्टिक
नेदरल्यान्ड्सको युनिभर्सिटी अफ एम्सटडर्मले गरेको एक अनुसन्धानमा ८० जना मानिसको रगतमा प्लाष्टिकको कण भेटिएको जनाएको छ । पाँच मिलिमिटर अथवा सो भन्दा छोटो आकारको प्लाष्टिकको कणलाई माइक्रोप्लाष्टिक भनिन्छ । पानीको बोटलबाट पानी पिउने, टुथब्रसले दाँत माझ्नेदेखि लिएर सास फेर्दा प्लाष्टिक हाम्रो शरीरभित्र पुगिरहेको छ ।

वल्र्ड वाइल्डलाइफ फेडेरेसनका अनुसार एक हप्तामा दुई हजार प्लाष्टिकका कण मानिसको शरीरमा पुगिरहेको छ भने एक वर्षमा एक जना मानिसले एक लाख बढी माइक्रोप्लाष्टि निलिरहेको छ । जसले मानिसको कलेजोदेखि मृगौलामा गम्भीर असर पुर्याउनुका साथै रक्तचाप समेत बढाउने काम गरेको छ । एजेन्सीको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.