आईएमई लाइफले सम्पन्न गर्‍याे सातै प्रदेशमा १३ स्वास्थ्य शिविर

  २०८० साउन २५ गते १९:२२     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आसन्न छैठौं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा स्वास्थ्य शिविर आयोजना गरेको छ ।

आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै सबै प्रदेशका विभिन्न १३ स्थानमा स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिएको हो ।

आईएमई लाइफ इन्स्योरेन्सले भाद्र १ गते छैठौं वार्षिकोत्सव मनाउँदै छ ।

कोशी प्रदेशको बिर्तामोड, बुधबारे, इनरुवा, धनकुटा तथा ओखलढुंगामा आँखा शिविर र धनकुटामा दन्त शिविर आयोजना भएको थियो ।

त्यस्तै, मधेश प्रदेशको बारा, जीतपुर कलैयामा जनरल स्वास्थ्य शिविर सञ्चालन गरिएको कम्पनीले बताएको छ । बागमती, प्रदेशको चापागाउँ स्वास्थ्य चौकीमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको समन्वयमा आँखा शिविर आयोजना भएको थियो ।

गण्डकी प्रदेशको शुक्लागण्डकी ११ मा जनरल स्वास्थ्य जाँच शिविर संचालन गरिएको थियो । लुम्बिनी प्रदेशको गुल्मी तथा कर्णाली प्रदेशको तातोपानी गाउँपालिका जुम्लामा दन्त शिविर संचालन गरिएको कम्पनीले बताएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलालीस्थित टिकापुरमा जनरल स्वास्थ्य जाँच शिविर, धनगढीमा दन्त शिविर र बेलौरीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर संचालन गरिएको कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.