गार्डियन र क्रेष्ट माईक्रो लाइफको पहिलो महिना : कसले कति उठाए प्रिमियम ?

  २०८० साउन २५ गते १९:०७     विकासन्युज

काठमाडौं । जीवन लघुबीमा व्यवसाय सञ्चालन गर्न अनुमति पाएका दुई इन्स्योरेन्सले पहिलो महिनामा २ लाख ५ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत असारदेखि कारोबार शुरु गरेका गार्डियन माईक्रो र क्रेष्ट माईक्रो लाइफले सो मात्राको बीमाशुल्क अर्थात प्रिमियम संकलन गरेका हुन् ।

जसमध्ये गार्डियन माइक्रो लाइफले सबैभन्दा बढी अर्थात एक लाख ४१ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । इन्स्योरेन्सले असार महिनामा मात्रै १२७ वटा बीमालेख बिक्री गरेको छ ।

त्यस्तै, क्रेष्ट माइक्रो लाइफले ६४ हजार रुपैयाँ बराबरका प्रिमियम संकलन गरेको छ । जसले असार महिनामा मात्रै ९२ वटा बीमा पोलिसी बिक्री गरेको प्राधिकरणले जनाएको छ ।

दुई कम्पनीले छोटो अवधिमै सो मात्राको बीमाशुल्क संकलन गरेका हुन् । दुई इन्स्योरेन्समध्ये गार्डियन माइक्रो लाइफले गत असार २२ गतेदेखि र क्रेष्ट माइक्रो लाइफले गत साउन १० गतेदेखि औपचारिक रुपमा व्यवसाय सञ्चालन गरेका हुन् । त्यस्तै, गार्डियनको केन्द्रीय कार्यालय कोशी प्रदेशको विराटनगरमा छ भने क्रेष्ट माइक्रो कणाली प्रदेशको विरेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.