प्राइम बैंकको ब्याज आम्दानी १७.६६ प्रतिशत बढ्यो, प्राेभिजन बढ्दा नाफामा असर

  २०८० साउन २२ गते ७:०३     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकको गत आर्थिक वर्षको चौथों त्रैमाससम्म खुद ब्याज आम्दानी १७.६६ प्रतिशत बढेर ७ अर्ब २७ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ६ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत वर्ष बैंकको ब्याज आम्दानी बढेको भएपनि नाफा भने सामान्य घट्न पुगेको छ । गत असारसम्म बैंकले २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । कर्जा नोक्सानी व्यवस्था बापतको रकम छुट्याउँदा नाफा घट्न पुगेको बैंकले जनाएको छ ।

आगामी वर्षहरुमा अर्थतन्त्र एवं उद्योग व्यवसायमा सकारात्मक प्रभाव देखिएसँगै सो व्यवस्था रकम फिर्ता भई बैंकको नाफामा बृद्धि हुने बैंकले अपेक्षा गरेको छ ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १९.०७ प्रतिशत बढेर ६ अर्ब ६९ करोड रुपैयाँ गरेको छ । बैंकका अनुसार गैह्र कोष आम्दानी १२.३७ प्रतिशत बढेर १ अर्ब ८१ आर्जन गरेको छ । बैंकको वितरणयोग्य नाफा २० करोड ४८ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको कुल निक्षेप ७.९५ प्रतिशतले बृद्धि गरी १ खर्ब ७८ अर्ब ५६ करोड रुपैयाँ संकलन गरेको छ । साथै, कर्जा प्रवाह ५.२६ प्रतिशतले बृद्धि गरी १ खर्ब ६३ अर्ब ६ करोड लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.