लाभांश क्षमतामा नबिल र एनआईसीभन्दा एभरेष्ट अगाडि, आधा दर्जन बैंकका सेयरधनीको हात खाली

  २०८० साउन २१ गते १४:२५     विकासन्युज

काठमाडौं । बैंकहरुको लाभांश क्षमता औषत साढे १२ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार बैंकहरुको लाभांश क्षमता १२.५५ प्रतिशत देखिएको छ ।

गत वर्षको नाफाबाट सेयरधनीहरुलाई एभरेष्ट बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने देखिएको छ । एभरेष्ट बैंकको लाभांश क्षमता सर्वाधिक ४०.५ प्रतिशत छ । यस्तै, दोस्रोमा एनआईसी एशिया बैंकको लाभांश क्षमता ३१.९९ प्रतिशत छ ।

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको २९ प्रतिशत, कृषि विकास बैंकको १९.८९ प्रतिशत, सानिमा बैंकको १७.७३ प्रतिशत, माछापुच्छ्रे बैंकको १५.२९ प्रतिशत र नेपाल एसबिआई बैंकको १३.९३ प्रतिशत लाभांश क्षमता देखिन्छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा पनि लाभांश क्षमता उल्लेख छ ।

गत वर्ष सबैभन्दा धेरै लाभांश वितरण गरेको नबिल बैंकको भने १४.६४ प्रतिशत लाभांश क्षमता छ । यस्तै, पूर्ण सरकारी स्वामित्वमा सञ्चालन भइरहेको राष्ट्रिय वाणिज्य बैंकको ११.५९ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ८.९४ प्रतिशत, ग्लोबल आइएमई बैंकको ८.२७ प्रतिशत र एनएमबि बैंकको ८.२८ प्रतिशत लाभांश क्षमता रहेको तथ्याङ्कले देखाउँछ ।

यस्तै, सिटिजन्स बैंकको ७.३ प्रतिशत, नेपाल बैंकको ६.६२ प्रतिशत, सिद्धार्थ बैंकको ५.६५ प्रतिशत, प्राइम बैंकको १.०६ प्रतिशत, प्रभु बैंकको ०.६९ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ०.४६ प्रतिशत लाभांश क्षमता रहेको छ । यस्तै, दुइटा बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएकाले लाभांश क्षमता पनि ऋणात्मक छ । हिमालयन बैंकको ३.२८ प्रतिशत र कुमारी बैंकको ३.२३ प्रतिशत लाभांश क्षमता ऋणात्मक भएको हो ।

प्रभुर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश क्षमता शुन्य छ भने प्राइमकमसिर्ययल बैंकको १ प्रतिशत भएकोले पनि यी बैंकले लाभांश वितरण नगर्न सक्छन् । यस्तै, ऋणात्मक अवस्थामा रहेका कुमारी र हिमालयन बैंकले पनि लाभांश दिन सक्ने अवस्था छैन । यद्यपि, अघिल्लो वर्षको जगेडामा रहेको रकमलाई पनि बैंकले लाभांशका रुपमा वितरण गर्न सक्छन् । तर, राष्ट्र बैंकले त्यसलाई स्वीकृति दिने अवस्था न्यून रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.