बिग मर्जर गरेकै बैंकहरुको नाफामा छलाङ्ग, ७७ प्रतिशतसम्मको वृद्धि

  २०८० साउन २१ गते ९:११     विकासन्युज

काठमाडौं । गत वर्ष वाणिज्य बैंकहरुले ७० अर्बभन्दा बढी नाफा गरेका छन् । गत आर्थिक वर्ष २०७९/८० को सार्वजनिक वित्तीय विवरण अनुसार २० वटा बैंकहरुले ७० अर्ब १७ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २६.०५ प्रतिशत अर्थात् १४ अर्ब रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

मर्जर तथा एक्विजिशन गएका बैंकहरुको सिनर्जी देखिन थालेको छ । गत आर्थिक वर्षको सार्वजनिक गरेको वित्तीय विवरण अनुसार मर्जरमा गएका बैंकहरुको नाफामा सिनर्जी देखिन थालेको हो । गत वर्ष एक दर्जन बैंकहरु मर्जरमा सामेल भएका थिए । जसमध्ये अघिल्लो वर्ष मर्जर भएको नबिल बैंकको नाफा उल्लेख्य बढेको छ । गत वर्ष सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा छ । नबिल बैंकको नबिल बैंकको ७६.८६ प्रतिशत बढेर ७ अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ ।

यस्तै, ग्लोबल आइएमई बैंकको ४६.२६ प्रतिशत बढेर ७ अर्ब २५ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १४.५४ प्रतिशत बढेर ४ अर्ब ९१ करोड रुपैयाँ, एनआइसी एशिया बैंकको १०.३५ प्रतिशत बढेर ४ अर्ब ६५ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १३.१४ प्रतिशत बढेर ४ अर्ब २९ करोड रुपैयाँ नाफा गरेका छन् ।

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५६.२७ प्रतिशत बढेर ३ अर्ब ५२ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ४९.४५ प्रतिशत बढेर २ अर्ब २६ करोड रुपैयाँ, प्रभु बैंकको ४८.५४ प्रतिशत बढेर २ अर्ब ८२ करोड रुपैयाँ र कृषि विकास बैंकको ३९.२४ प्रतिशत बढेर ३ अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

यस्तै, हिमालयन बैंकको ३७.९६ प्रतिशत बढेर ३ अर्ब २६ करोड रुपैयाँ, भरेष्ट बैंकको ३६.८५ प्रतिशत बढेर ३ अर्ब ३९ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ३६.८२ प्रतिशत बढेर २ अर्ब ४२ करोड रुपैयाँ, सानिमा बैंकको २५.१३ प्रतिशत बढेर २ अर्ब ६१ करोड रुपैयाँ र नेपाल बैंकको १६.७ प्रतिशत बढेर ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।

यस्तै, सिटिजन्स बैंकको १०.४१ प्रतिशत बढेर २ अर्ब २१ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ९.९१ प्रतिशत बढेर ३ अर्ब १९ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको ९.७५ प्रतिशत बढेर १ अर्ब ८५ करोड रुपैयाँ र एनएमबि बैंकको ३.६३ प्रतिशत बढेर ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

गत वर्ष कुमारी बैंक र प्राइम बैंकको नाफा सामान्य घटेको हो । गत वर्ष कुमारी बैंकको २४.१३ घटेर १ अर्ब ९५ करोड रुपैयाँ र प्राइम बैंकको १.०५ प्रतिशत घटेर २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.