राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब रुपैयाँ, जगेडा कोष साढे ३६ अर्ब पुग्यो

  २०८० साउन २१ गते ७:४७     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत वर्ष ५ अर्ब रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको वित्तीय प्रतिवेदन अनुसार बैंकले गत असारसम्म खुद नाफा १४.५६ प्रतिशत बढेर ४ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २९ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड २८ लाख रुपैयाँ रहेको छ ।

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ३५ करोड ८३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ९ अर्ब २९ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको चक्ता पूँजी १५ अर्ब ६३ करोड रुपैयाँ र जगेडा कोष ३६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले ३ खर्ब २१ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ३० अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत वर्ष बैंकको खराब कर्जा २.०९ प्रतिशतबाट बढेर २.९५ प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.