एभरेष्ट बैंकको लाभांश क्षमता ४०.५० प्रतिशत, एनपीएल ०.७९ प्रतिशत

  २०८० साउन २१ गते ७:३३     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकको गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म खुद नाफा ३६.८५ प्रतिशत बढेर ३ अर्ब ३९ करोड ३१ लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंककोे खुद ब्याज आम्दानी पनि ४३.७४ प्रतिशत बढेर ७ अर्ब ४४ करोड ८० लाख ७४ हजार रुपैयाँ गरेको छ । बैंकको संचालन नाफा ३६.५० प्रतिशत बढेर ४ अर्ब ८४ करोड ७० लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा बढेर ४ अर्ब ३३ करोड ३२ लाख ५ हजार रुपैयाँ पुगेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ४०.५० प्रतिशत रहेको छ ।

बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ र जगेडा कोष १० अर्ब २२ करोड ७३ लाख ४९ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.७९ प्रतिशतमा सिमित राखेको छ । बैंकको प्रतिसेयर आम्दानी ३१.७२ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.