९ अर्ब पूँजी भएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा साढे ३ अर्ब, लाभांश क्षमता २९ प्रतिशत 

  २०८० साउन २१ गते ७:१९     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म वितरणयोग्य नाफा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता २८.९९ प्रतिशत रहेको छ ।

गत वर्षको असारसम्ममा बैंकको खुद नाफा ५६.२७ प्रतिशत बढेर ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ आर्जन् गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब २५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.२१ प्रतिशत बढेर ५ अर्ब ९५ करोड ५२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको कुल सञ्चालन आम्दानी ४८.२७ प्रतिशत बढेर ७ अर्ब ९० करोड ७७ लाख रुपैयाँ र सञ्चालन नाफा ५५.७९ प्रतिशत बढेर ५ अर्ब ४ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ, जगेडा कोष २३ प्रतिशत बढेर १० अर्ब ७४ करोड ७८ लाख रुपैयाँ, निक्षेप २५.३७ प्रतिशत बढेर १ खर्ब १७ अर्ब ५० करोड रुपैयाँ र कर्जा लगानी १.६९ प्रतिशत बढेर ७७ अर्ब ८५ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी १३.४६ रुपैयाँ बढेर ३७.३९ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.१८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१३.९८ रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा ०.५८ प्रतिशत बढेर १.१७ प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.