११ अर्ब खुद ब्याज आम्दानी गरेको कुमारी बैंकका अन्य सूचक कस्ता छन् ?

  २०८० साउन २१ गते ७:०८     विकासन्युज

काठमाडौं । कुमारी बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद ब्याज आम्दानी ७७.११ प्रतिशत बढेर ११ अर्ब १ करोड १३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६ अर्ब २१ करोड ७१ लख रुर्पयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत वर्ष बैंकको ब्याज आम्दानी बढेको भएपनि नाफा भने घटेको छ । गत आर्थिक वर्षको असारमा खुद नाफा २४.१४ प्रतिशत घटेर १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खराब कर्जा बढेका कारण बैंकको नाफामा असर गरेको हो । समीक्षा अवधिमा बैंकको खराब कर्जा १.११ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी ६४.०६ प्रतिशत बढेर १३ अर्ब २ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४६ पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात २२.१२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ४७ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ७८.२७ प्रतिशत बढेर २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ, जगेडा कोष ६८.७१ प्रतिशत बढेर १० अर्ब ६१ करोड ३३ लाख रुपैयाँ, निक्षेप ७८.७९ प्रतिशत बढेर ७८.७९ प्रतिशत बढेर ३ खर्ब १६ अर्ब ४ करोड रुपैयाँ र कर्जा लगानी ७७.३५ प्रतिशत बढेर २ खर्ब ७० अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.