एनएमबि बैंकको नाफा साढे ३ अर्ब, ईपीएस १८.५७ रुपैयाँ

  २०८० साउन २१ गते ६:५८     विकासन्युज

काठमाडौं । एनएमबि बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ३.६३ प्रतिशत बढेर ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको असारसम्म बैंकको खुद ब्याज आम्दानी ३०.६० प्रतिशत बढेर ८ अर्ब ३४ करोड २४ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी ५.०४ प्रतिशत बढेर १ अर्ब ५४ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी २१ प्रतिशत बढेर १० अर्ब ३३ करोड रुपैयाँ र सञ्चालन मुनाफा ६.११ प्रतिशत बढेर ४ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।

गत वर्ष बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड १८ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ८.१८ प्रतिशत रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ६५ पैसा बढेर १८.५७ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.१७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५.७९ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ, जगेडा कोष २०.५० प्रतिशत बढेर १० अर्ब २४ करोड ७३ लाख रुपैयाँ, निक्षेप १३.७९ प्रतिशत बढेर २ खर्ब १० अर्ब ३० करोड रुपैयाँ र कर्जा लगानी ८.२२ प्रतिशत बढेर १ खर्ब ८९ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा १.४५ प्रतिशतबाट बढेर २.७२ प्रतिशत पुगेको छ । यस्तै बैंकको कस्ट अफ फण्ड ७.३४ प्रतिशत, आधार दर १०.३७ प्रतिशत र सीडी रेसियो ८३.४६ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.