लक्ष्मी सनराइज बैंकले मार्याे अधिकांश सूचकमा छलाङ, वितरणयोग्य नाफा २ अर्ब

  २०८० साउन २१ गते ६:४४     विकासन्युज

काठमाडौं । लक्ष्मी सनराइज बैंकको गत आर्थिक वर्षको असारसम्म खुद नाफा ४९.४५ प्रतिशत बढेर २ अर्ब २६ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा झण्डै २ अर्ब रहेको छ । बैंकका अनुसार वितरणयोग्य नाफा १ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ८.९४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४५ प्रतिशत बढेर ५ अर्ब ५० करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७६ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी ३.५० प्रतिशत बढेर ९९ करोड ६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ३५.६५ प्रतिशत बढेर ७ अर्ब २२ करोड ५४ लाख रुपैयाँ र सञ्चालन नाफा ५८.८९ प्रतिशत बढेर ३ अर्ब ४२ करोड २७ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८७.६० प्रतिशत बढेर २१ अर्ब ६७ करोड २ लाख रुपैयाँ, जगेडा कोष १९५.७१ प्रतिशत बढेर १५ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ, निक्षेप ११२.३० प्रतिशत बढेर २ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ र कर्जा लगानी १००.१३ प्रतिशत बढेर २ खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २.६६ रुपैयाँ घटेर १०.४४ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १६.५७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७३.५५ रुपैयाँ रहेको छ । यस्तै, बैंकको खराब कर्जा ०.८९ प्रतिशतबाट बढेर २.८१ प्रतिशत पुगेको छ । साविक लक्ष्मी बैंक र सनराइज बैंक मर्ज भई गत असार २९ गतेदेखि एकीकृत कारोबार गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.