नबिल बन्यो सबैभन्दा धेरै नाफा गर्ने बैंक, वितरणयोग्य नाफा मात्रै ४ अर्ब रुपैयाँ

  २०८० साउन २१ गते ६:२५     विकासन्युज

काठमाडौं । नबिल बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ७६.८६ प्रतिशत बढेर ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै नाफा गर्नेमा नबिल नै रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता १४.६४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशत बढेर १७ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ८ अर्र्ब ९१ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी ८३.६२ प्रतिशत बढेर २ अर्ब ८९ करोड ९१ लख रुपैयाँ, कुल सञ्चालन आम्दानी ८८.९६ प्रतिशत बढेर २१ अर्ब ६७ करोड ९७ लाख रुपैयाँ र सञ्चालन नाफा ७५.३७ प्रतिशत बढेर ११ अर्ब १ करोड ६० लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १८.५० प्रतिशत बढेर २७ अर्ब ५ कराड करोड ६९ लाख रुपैयाँ, जगेडा कोष २.९३ प्रतिशत बढेर ३१ अर्ब ३ करोड १८ लाख रुपैयाँ, निक्षेप २१.६५ प्रतिशत बढेर ३ खर्ब ९६ अर्ब ८४ करोड रुपैयाँ र कर्जा लगानी १०.८२ प्रतिशत बढेर ३ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ९.१८ रुपैयाँ बढेर २७.८२ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २१.५४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१४.६९ रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा १.६२ प्रतिशतबाट बढेर ३.२ प्रतिशत पुगेको छ । यस्तै, बैंकको कस्ट अफ फण्ड ७.८१ प््रतिशत, आधार दर ९.५२ प्रतिशत, स्प्रेड दर ४.९९ प्रतिशत र सीडी रेसियो ८७.६८ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.