ग्लोबल आइएमई बैंकको नाफामा ४६.२६ प्रतिशत छलाङ, ब्याज आम्दानी १७ अर्बभन्दा बढी

  २०८० साउन २१ गते ५:४८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको गत आर्थिक वर्षमा खुद नाफा ४६.२६ प्रतिशत बढेर ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको असारसम्म बैंकको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशत बढेर १७ अर्ब ११ करोड ८२ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १० अर्ब २८ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत वर्षको असारसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ८.२७ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५०.३३ प्रतिशत बढेर ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ, जगेडा कोष ६४.३२ प्रतिशत बढेर २२ अर्ब ९१ करोड १६ लाख रुपैयाँ पुगेको छ । यस्तै, बैंकको गत वर्ष निक्षेप ५३.९३ प्रतिशत बढेर ४ खर्ब २६ अर्ब ३२ करोड रुपैयाँ र कर्जा लगानी ३८.०९ प्रतिशत बढेर ३ खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ५६ पैसा घटेर २०.२८ रुपैयाँ रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात ८.९६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६४.०५ रुपैयाँ रहेको छ । गत वर्ष बैंकको खराब कर्जा १.२८ प्रतिशतबाट बढेर ३.०८ प्रतिशत पुगेको छ ।

बैंकको कस्ट अफ फण्ड ८.१८ प्रतिशत, आधार दर १०.२ प्रतिशत, स्प्रेड दर ४.९६ प्रतिशत र सीडी रेसियो ८३.४७ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.