एनआईसी एशिया बैंकले ४.६५ अर्ब नाफा कमाउँदा ईपीएस ४०.२२ रुपैयाँ, आरओई १७.०७ प्रतिशत

  २०८० साउन २१ गते ५:३४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले गत वर्ष साढे ४ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार खुद नाफा १० प्रतिशत बढाएर ४ अर्ब ६५ करोड रुपैयाँ आर्जन गरेको हो ।

बैंकले गत असार मसान्तसम्म ३ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७१ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ

बैंकको स्व–पूँजीमा प्रतिफल (आरओई) १७.०७ प्रतिशत रहेको छ । साथै, बैंकले वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ४०.२२ रुपैयाँ  छ । स्व–पूँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २० वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै रहेको बैंकले दावी गरेको छ ।

बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भएको छ । गत असारसम्म बैंकको खराब कर्जा ०.८० प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

साथै, बैंकले गत वर्ष ६ लाख नयाँ ग्राहकहरू थप गर्दै ३८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले कुल कर्जा लगानीको करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।

गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.