उमेर अनुसारको यौनशिक्षा आवश्यक : यौनरोग विशेषज्ञ

  २०८० साउन २० गते १०:१४     विकासन्युज

काठमाडौं । यौन रोग विशेषज्ञहरुले आम मानिसहरुलाई उमेर अनुसार यौनसँग सम्बन्धित शिक्षा दिनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा ‘यौनका कुरा’ विषयक कृतिबारे छलफलमा बोल्दै यौन रोग विशेषज्ञ डा.सुवोधकुमार पोखरेलले विद्यार्थीलाई यौन व्यवहारको बारे उमेर अनुसारको शिक्षा दिनुपर्ने बताएका हुन् । डा.पोखरेलले मानवीय यौनिकता बहुआयामिक विषय भएको बताउनु भयो । उहाँले यौन मनोविज्ञानका विभिन्न पक्षबारे कृतिमा समेटिएको बताए ।

यौन उर्जाको केन्द्र भएको डाक्टर पोखरेलको भनाइ छ । यौन समस्याको बारेमा समयमा नै बुझाउन नसके यसले दुर्घटना निम्त्याउन सक्ने बताए ।

नेपाल इन्स्टिच्युट अफ ह्युमन सेक्सुअलीटिका संस्थापक अध्यक्ष समेत रहेका डा.पोखरेलले भने, ‘एउटा व्यक्तिलाई शारीरिक रुपमा तन्दुरुस्त हुन सेक्सुअल फिटनेस चाहिन्छ । मानसिक रुपमा स्वस्थ हुनका लागि स्वस्थ यौन जीवन उसको परिवारका लागि परिवेशका लागि उसको समुदाय र राष्ट्रकै लागि आवश्यक छ । यौन एउटा उर्जाको केन्द्र मानिँदै आएको छ । यौन भनेको उर्जा संकलन गर्ने पनि हो र उर्जालाई क्षय गर्ने माध्यम पनि हो । स्कुलका विद्यार्थीहरुदेखि यौनको बारेमा यौनसँग संवद्ध सामाजिकताको बारेमा उनीहरुको यौन व्यवहारको बारेमा आवश्यक उमेर अनुसारको शिक्षा दिइनुपर्छ भन्ने हाम्रो मान्यता हो । जस्तो महिनावारी के हो ? हार्मोन के हो ? सेनेटरी प्याडको प्रयोग किन गर्ने ? कसरी गर्ने ? हस्तमैथुन के हो ? स्वप्न दोष के हो ? विपरित लिंगी प्रतिको आकर्षण के हो ? लगायतका विषयमा बुझाउन जरुरी छ । समयमा बुझाएनौं भने दुर्घटना हुनसक्छ । ’

विद्यार्थीहरुलाई स्वप्न दोष, विपरित लिंगी प्रतिको आकर्षण, हार्मोन, सेनेटरी प्याडको प्रयोगका बारेमा जानकारी गराउन आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.