एक लाख बीमितले त्यागे १४ अर्ब बढीको बीमा पोलिसी, कुन कम्पनीले कति गरे भुक्तानी ?

  २०८० साउन १७ गते १०:४३     विकासन्युज


काठमाडौं । एक वर्षको अवधिमा एक लाख बढी बीमितले बीमा पोलिसी त्याग अर्थात सरेन्डर गरेका छन् । नेपाल बीमा प्राधिकरणको असार मसान्तसम्म तथ्यांकअनुसार गत वर्ष अर्थात आर्थिक वर्ष २०७९/८० मा सञ्चालनमा रहेका १५ बीमा कम्पनीका एक लाख ४ हजार ५०६ जनाले बीमा पोलिसी अर्थात बीमालेख त्यागेका हुन् ।

जुन अघिल्लो वर्षको तुलनामा २७.६६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ८१ हजार ८६० जना बीमितहरुले बीमा पोलिसी सरेन्डर गरेका थिए ।

त्यस्तै, समीक्षा अवधिमा सरेन्डर रकम भने १७.२० प्रतिशतले बढेको छ । बीमितहरुले एक वर्षको अन्तर्रालमा १४ अर्ब २७ करोड ५४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् । अघिल्लो वर्ष भने १२ अर्ब १८ करोड रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएका थिए ।

यससँगै कम्पनीहरुले बीमितलाई समर्पण मूल्य बापतको सो मात्राको रकम दावी भुक्तानी गर्नुपरेको छ । जसमा सबैभन्दा बढी भुक्तानी गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सबाट एक वर्षको अवधिमा ४ अर्ब ७८ करोड रुपैयाँ सरेन्डरमार्फत बाहिरिएको छ । जुन अघिल्लो वर्षको तुलनामा भने ४.५२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले सरेन्डर मूल्य बापतको ५ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो ।

कुन कम्पनीले कति गरे भुक्तानी ?

समीक्षा अवधिमा अधिकांश कम्पनीको बीमा पोलिसी सरेन्डर दर बढेको छ । रकमको आधारमा अधिकांशको बढ्दा ४ कम्पनीको भने सरेन्डर रकम घटेको छ । जसमा नेपाल लाइफ, एशियन लाइफ, महालक्ष्मी लाइफ र सानिमा रिलायन्स लाइफ रहेका छन् ।

आईएमई लाइफको भने सबैभन्दा बढी रकमको बीमा सरेन्डर भएको छ । एक वर्षको अवधिमा कम्पनीको सरेन्डर रकम ३२७.६६ प्रतिशतले बढेको छ । त्यस्तै, संख्याको आधारमा पनि आईएमई लाइफकै बढी छ ।

सरेन्डर भएको बीमालेखको संख्याको आधारमा तीन कम्पनीको मात्रै घटेको छ । जसमा राष्ट्रिय बीमा संस्थान, एशियन लाइफ र महालक्ष्मी लाइफ रहेका छन् ।

जीवन बीमा क्षेत्रमा सरेन्डर बढ्नुको मूख्य कारण देशको आर्थिक मन्दी रहेको बीमाका जानकारहरु बताउँछन् । आर्थिक रुपमा सहज भएमात्रै बीमा गरिने भएकाले पनि त्यसमा मन्दी छाउँदा बीमा क्षेत्रमा सरेन्डरको दर बढ्ने उनीहरुको भनाई छ ।

कुन कम्पनीको कति बीमालेख सरेन्डर ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.