साढे ५ अर्ब कमाएको प्रभु बैंकको नाफा पौने ३ अर्ब

  २०८० साउन १६ गते १६:४१     विकासन्युज

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा साढे ५ अर्ब रुपैयाँ कमाएकाे छ । बैंक स्रोतका अनुसार गत असारसम्म बैंकले ५ अर्ब ४० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

यद्यपि, बैंकले सार्वजनिक गर्ने वित्तीय विवरणमा सो नाफा घटेर आउनेछ । स्रोतका अनुसार बैंकले आर्जन गरेको नाफाबाट प्रोभिजन, सञ्चालन खर्च, कर्मचारीको बोनस, कर लगायतको रकम छुट्याउन बाँकी छ । यदि सो रकम छुट्यायो भने बैंकको खुद नाफा पौने ३ अर्बको हाराहारीमा हुने स्रोतको भनाइ छ ।

गत असारसम्म बैंकको खराब कर्जा भने घट्ने बैंक स्रोतको दाबी छ । उनका अनुसार ३ प्रतिशतको हाराहारीमा खराब कर्जा झर्नेछ । गत चैत मसान्तसम्म बैंकको खराब कर्जा ३.४८ प्रतिशत थियो भने अघिल्लो वर्षको सोही अवधिमा २.७९ प्रतिशत थियो ।

समीक्षा अवधिमा बैंकले २ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४१ अर्ब रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंक (साविक सेञ्चुरी बैंकसहित)ले २ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.