मर्जरपछि एनआईएमबिको नाफा ४ अर्ब बढी, एनपीएल ४ प्रतिशत पुग्यो

  २०८० साउन १६ गते १५:३४     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत वर्ष ४ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । बैंकले  गत आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब रुपैयाँ भन्दा बढी नाफा गरेको हो ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तमा बैंकले झण्डै ७ अर्ब रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो । साविक नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब ८ करोड र मेगा बैंकले २ अर्ब ८३ करोड गरी कूल ६ अर्ब ९१ करोड रुपैयाँ नाफा गरेको देखिन्छ ।

बैंक स्रोतका अनुसार अहिले खराब कर्जा बढेका कारण बैंकको नाफामा असर गरेको हो । गत असारसम्म बैंकको खराब कर्जा (एनपीएल) ४.३ प्रतिशत पुगेको छ । जसकारण बैंकले ठूलो रकम लस प्रोभिजिनिङ गर्नु परेको बैंक स्रोतले बताएको छ । अघिल्लो वर्ष बैंकको खराब कर्जा २.२१ प्रतिशतको हाराहारीमा थियो ।

यस्तै, समीक्षा अवधिमा बैंकले ३ खर्ब ५० अर्ब रुपैयाँ बढी निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकसँग निक्षेप ३ खर्ब ३७ अर्ब रुपैयाँ थियो ।

यस्तै, गत असारसम्म बैंकले ३ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकको चुक्ता पूँजी ३४ अर्ब रुपैयाँ बढी छ ।

बैंकले मेगा बैंकसँग मर्ज गरेपछि हरेक सूचकमा सुधार आएको देखिएको छ । तर, सिनर्जी नै सिर्जना भने भएको देखिँदैन ।

साविक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले गत पुस २७ गतेदेखि एकीकृत कारोबार गरेका हुन् । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.