मेरो माइक्रोफाइनान्सद्वारा ५ लाख बीमा रकम हस्तान्तरण

  २०८० साउन १६ गते १३:३८     विकासन्युज

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वत्तिीय संस्थाले संस्थाका सदस्य लक्ष्मी देबि सुनारलाई बीमा रकम हस्तान्तरण गरेको छ ।

संस्थाबाट ५ लाख रुपैयाँ लघुउद्यम कर्जा लिएका सदस्य लक्ष्मी सुनारको श्रीमान भक्त बहादुर सुनारको मृत्यु दावी बापत ५ लाख रुपैयाँ हस्तान्तरण गरेको संस्थाले जनाएको छ । निजलाई सदस्य अभिभावक कर्जा बीमाअन्तर्गत उक्त बिमा रकम रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको दोधारा चाँदनी, कञ्चनपुरका शाखा प्रबन्ध दिपेन्द्र बटालाले बताए ।

मेरोमाइक्रोफानान्स लघुवित्त वित्तीय संस्था अनुगमन कार्यालय कृष्णपुर, कञ्चनपुरका प्रमुख कृष्ण प्रसाद उप्रेती र दोधारा-चाँदनी नगरपालिका ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले लक्ष्मी देबीलाई संयुक्त रुपमा उक्त बिमा रकम हस्तान्तरण गरेका थिए ।

सदस्य लक्ष्मि देबि मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय दोधारा-चाँदनी, कञ्चनपुरद्वारा प्रवद्धित लघुवित्त कार्यक्रममा आवद्ध छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.