टिम भेन्चर्सले हिमालयन क्यापिटललाई बिक्री गर्‍यो फुडमाण्डुको आशिंक सेयर

  २०८० साउन १६ गते ११:५२     विकासन्युज

काठमाडौं ।  टिम भेन्चर्सले हिमालय क्यापिटललाई फुडमाण्डुमा भएको आफ्नो लगानीको आशिंक सेयर बिक्री गरेको छ । यसका लागि टिम भेन्चर्स, फुडमाण्डु र हिमालयन क्यापिटलले संयुक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

टिम भेन्चर्स ऊर्जा, प्रविधि, घर जग्गा, निर्माण, स्टार्टअप, कृषि पूर्वाधार र विद्युतीय सवारी जस्ता नाफामूलक क्षेत्रहरूमा विविधीकरण गरी लगानी गर्ने वैकल्पिक लगानी कम्पनी हो ।

फुडमाण्डुमा टिम भेन्चर्सले सन् २०२० मा सिरिज बि अन्तर्गतको संस्थागत लगानी गरेको थियो । टिम भेन्चर्सको यस रणनीतिक लगानीले फुडमाण्डुलाई ग्राहक र रेस्टुरेण्टसहित व्यवसायको भौगोलिक विस्तारमा सहयोग पुगेको बताइएको छ ।

झण्डै दुई वर्षको अवधिमै टिम भेन्चर्सले आफ्नो आशिंक लगानी दुई गुणाको प्रतिफलसहित बिक्री गर्न सफल भएको छ ।

सन् २०१० मा स्थापना भएको फुडमाण्डु नेपालको अनलाइन फुड डेलिभरी (रेस्टुरेण्टमा आधारित खाद्य तथा खानाजन्य वस्तु बिक्री/वितरण गर्ने) कम्पनीको रूपमा कार्य गर्दै आएको छ।

हिमालयन क्यापिटल हिमालयन बैंकको पूर्ण स्वामित्वको सहायक कम्पनीको रूपमा स्थापित मर्चेन्ट बैंक हो ।

हिमालयन क्यापिटलले वित्तीय व्यवस्थापन, सम्पत्ति व्यवस्थापन, लगानी व्यवस्थापन, तथा संस्थागत परामर्श सेवा जस्ता विशिष्टीकृत वित्तिय तथा लगानी सेवाहरू प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.