आइपीओ निष्काशन गर्दै होटेल क्राउन इम्पेरियल, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

  २०८० साउन १६ गते ११:२६     विकासन्युज

काठमाडौं ।  होटेल क्राउन इम्पेरियलले आइपीओ निष्काशन गर्ने भएको छ । अर्किड होल्डिङ्ग्सले संचालन गरेको होटेल क्राउन इम्पेरियलले साधारण सेयर निष्काशन गर्ने भएको हाे ।

कम्पनीले आइपीओको  बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।  होटेल क्राउन इम्पेरियलको सय रुपैयाँ अंकित दरका १ अर्ब १५ करोड रुपैयाँ रकम बराबरको १ करोड १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा बिक्री गर्न बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र अर्किड होल्डिंग्सले संचालन गरेको होटेल क्राउन इम्पेरियलको तर्फबाट प्रबन्ध संचालक सुधिर मान मास्केले हस्ताक्षर गरेका छन् ।

कम्पनीले २०७६ असार १३ बाट रविभवन, काठमाडौँमा चार तारे होटल, होटेल क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको छ ।

१३१ ओटा कोठा रहेको चार तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुई वटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल, ५० देखि ७५ जना सम्मको २ वटा ठुला मिटिङ्ग हल र २० देखि २५ जना सम्मको दुई वटा मिटिङ्ग रुम र ३०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.