एक सहकारीले धितोमा रहेका ४ वटा सवारी साधन बेच्दै

  २०८० साउन १६ गते ६:५९     विकासन्युज

काठमाडौं । अमृत बचत तथा ऋण सहकारी संस्थाले धितोमा राखिएका ४ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । सहकारी संस्थाबाट लिएको कर्जा पटकपटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितो राखिएका सम्पत्ति बिक्री गरेर असुल गर्ने जनाएको छ ।

सहकारी संस्थाबाट कर्जा लिएका ३ जना ऋणीको नाम र धितो सार्वजनिक गर्दै साँवा ब्याज तथा हर्जना लगायतको रकम १५ दिनभित्र नतिरेमा धितो लिलाम बिक्री गरेर असुल गर्ने बताएको हो । सहकारीबाट ऋण लिँदा धितो राखिएका सवारी साधन बिक्री गर्ने जनाएको छ ।

सहकारीका अनुसार ऋणी नयाँपाटी ५ काठमाडौंका अजित पण्डितको बा २ ख ५९४२ र बा २ ख ७१९८ नम्बरका बस, पिस्कर ५ सिन्धुपाल्चोकका सुभाष गुरुङको बा २ ख ५१४३ नम्बरको बस र तसर्पु ४ धादिङका चन्द्र बहादुर तामाङको बा १७ ख ३३२८ नम्बरको हात्ती गाडी लिलाममा राखिएको हो ।

सहकारी ऐन, सहकारी नियमावली, संस्थाको विनियम, कर्जा प्रवाह, लगानी तथा असुली निर्देशिका र अन्य प्रचलित कानून अनुसार सहकारी संस्थासँग भएको कर्जा लिखतको शर्त अनुसार कारबाही गरी धितो सुरक्षण दिएका सवारी साधनबाट असुल गर्ने संस्थाले बताएको छ ।

यदि उक्त उक्त सवारीबाट रकम असुल नभएमा ऋणीले एकाघर सँगोलको सदस्यहरूको नाममा रहेको चलअचल सम्पत्तिबाट असुल उपर गर्ने सहकारीले चेतावनी दिएको छ ।

अमृत बचत तथा ऋण सहकारी संस्था काठमाडौंको किर्तिपुर १ अमृतनगरमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.