नेको इन्स्योरेन्सले विराटनगरमा ६ कठ्ठा जग्गा किन्दै

  २०८० साउन ११ गते ८:१५     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले प्रादेशिक कार्यालयका लागि भवन निर्माण गर्न जग्गा खरिद गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशमा प्रादेशिक कार्यालयको भवन निर्माणका लागि विराटनगरमा जग्गा खरिद गर्ने जनाएको छ ।

विराटनगर उपमहानगरपालिकाको कञ्चनबारीदेखि महेन्द्रचोकसम्म हाईबेको पूर्व र पश्चिमसम्म ३ कठ्ठादेखि ६ कठ्ठा जग्गा खरिद गर्ने कम्पनीले जनाएको छ ।

इच्छुक जग्गाधनीले साउन २५ गतेसम्म बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्रमा बिक्री गर्न चाहेको जग्गा प्रतिधु के कति दरमा बिक्री गर्ने स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ । प्राप्त भएका बोलपत्र ७ दिनभित्र खुला गरिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.