रिद्धि सिद्धि सिमेन्टद्वारा ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ छात्रवृत्ति कार्यक्रमको आयोजना

  २०८० साउन १० गते १३:४५     विकासन्युज

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले यस वर्षदेखि मकवानपुर जिल्लालाई लक्षित गरि ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम ल्याएको छ ।

यस छात्रवृत्ति अन्तर्गत २०७९ मा परिक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भई एसईईमा उत्तिर्ण भएका मकवानपुर जिल्लाको विद्यार्थीहरुलाई लक्षित गरि उक्त एसईई परीक्षामा ३.६ जि.पि.ए. देखि ४ जि.पि.ए. ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने छ ।

छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा ५ हजार रुपैयाँ, दोश्रो हुनेलाई ३५ सय रुपैयाँ र तेश्रो हुनेलाई २५ सय रुपैयाँ उपलब्ध गराउने छ । साथै, सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा १५ सय रुपैयाँ कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ ।

यस योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट वा फेसबुक पेजमा गइ उल्लेखित क्युआर कोडमा स्कान गरी फारम भनुपर्ने कम्पनीले जनाएको छ । आवेदकको फारम बुझाउने अन्तिम मिति श्रावण २१ गते तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.