अब ५० लाखसम्मको कर्जामा १ सय प्रतिशत जोखिमभार लागू हुने, घरजग्गामा भने शतप्रतिशत

  २०८० साउन ७ गते १६:२१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० लाखसम्मको सेयर कर्जामा १ सय प्रतिशत जोखिम भार कायम गरिने बताएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति जारी गरेपछि आयोजित पत्रकार सम्मेलनमा अधिकारीले सेयर कर्जाको जोखिम भार पुनरावलोकन गरिएको बताएका हुन् ।

‘सेयर धितो कर्जामा २५ लाखसम्मको १ सय र त्यसभन्दा बढिको १५० प्रतिशत जोखिमभार थियो । अब ५० लाख रुपैयाँसम्मको कर्जामा ५० प्रतिशत जोखिम भार कायम गरिनेछ’, अधिकारीले भने ।

मौद्रिक नीतिमा भने सेयर कर्जाको जोखिम भार पुनरावलोकन हुने भनिएको छ । सेयर धितो कर्जामा २ वर्ष अघि जोखिम भार गरिएको व्यवस्थालाई संशोधन गरेको अधिकारीको भनाइ छ ।

घरजग्गाको कर्जामा भने सय प्रतिशत जोखिम भार कायम हुने उनले बताए । उनका अनुसार नेपाल सरकारको स्वीकृति लिएर घरनिर्माण वा व्यवसाय गरिरहेका संस्थालाई १ सय प्रतिशत जोखिम भार कायम गरिएको उनको भनाइ छ ।

‘नेपाल सरकारको स्वीकृति लिएर घरनिर्माण वा व्यवसाय गरिरहेका आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा १५० प्रतिशतबाट १ सय प्रतिशत जोखिम भार कायम गरिएको हो । यो जोखिमभार सबैलाई लागू हुँदैन,’ उनले भने ।

साथै, अटो लोनमा पनि थ्रेस होल्ड कायम गर्न खोजिएको उनले बताए । साना किसिमको अटो लोनमा १५० प्रतिशतबाट जोखिमभार घटाइएको गभर्नर अधिकारीले बताए

उनका अनुसार बैंक तथा वित्तीय संस्थाबाट लिइएको कर्जा दुरुपयोग भए जसरी पनि असुल गरिनेछ । साथै, प्राकृतिक प्रकोप र साँच्चिकै समस्या परेका ऋणीहरुलाई वस्तुस्थिति हेरेर सहुलियत दिन सकिने अधिकारीले बताए ।

‘माग गरेका ऋणीले कर्जा नपाएको छ भने रास्ट्र बैंकले अनुगमन गर्छ । तर, ठूला ऋणीले कर्जा लिँदैमा दुरुपयोग हुन्छ भन्ने हुदैन’, अधिकारीले भने, ‘सहुलियतपूर्ण कर्जामा बिचौलियाको प्रयोग भएको पाइएमा राष्ट्र बैंकले तत्काल एक्सन लिन्छ ।’

उनका अनुसार चालू पूँजी कर्जा मार्गदर्शनमा ३ महिनाको अनुभवका आधारमा पहिलो संशोधन गरिएको र अब ९ महिनाको अनुभवका आधारमा चालू पूँजी कर्जा मार्गदर्शनमा पुनरावलोकन गरिनेछ । बैंकरहरुको गुनासोको आधारमा सो मार्गदर्शन संशोधन गरेर अर्को त्रैमासको मौद्रिक नीतिको समीक्षामा समेट्ने उनको भनाइ छ ।

One comment on "अब ५० लाखसम्मको कर्जामा १ सय प्रतिशत जोखिमभार लागू हुने, घरजग्गामा भने शतप्रतिशत"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.