मौद्रिक नीतिमा राष्ट्र बैंकले यी व्यवस्थालाई यथावत राख्यो

  २०८० साउन ७ गते १४:३२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको विभिन्न व्यवस्थालाई यथावत राखेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपालीले रेमिट्यान्स खातामा थथ १ प्रतिशत ब्याज पाउनेदेखि लिएर अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको हो ।

‘बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलव्ध हुने व्यवस्थालाई यथावत राखिएको छ,’ मौद्रिक नीतिमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ । साथै, बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा कम्तिमा एक प्रतिशत थप व्याज दिने व्यवस्थालाई निरन्तरता दिइएको छ ।

यस्तै, नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरलाई मौद्रिक नीतिको अंकुशको रुपमा यथावत राखिएको छ । बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदरलाई सञ्चालन लक्ष्यको रुपमा यथावत राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.